अब संवैधानिक पदधारीले बैंक सञ्चालक बन्न नपाउने

काठमाडौं, ७ मंसिर ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पारित भएको छ । 

अब संवैधानिक निकायका व्यक्ति बैंक सञ्चालक समितिमा बस्न नपाउने भएका छन ।

व्यवस्थापिका संसद्को अर्थ समितिको सोमबारको बैठकमा लामो छलफल र चर्काचर्कीपछि विधेयक पारित भएको हो ।

संवैधानिक पद धारण गरेका व्यक्ति बैंक सञ्चालक हुँदा स्वार्थ बाझिने र नियामक निकायलाई नियमन गर्न असहज हुने निष्कर्ष निकालिएको छ । 

नेपाल राष्ट्र बैंकका गर्भनर डा.चीरञ्जीवी नेपालले संवैधानिक निकायमा पद धारण गरेका व्यक्ति बैंक सञ्चालक समितिमा बस्दा स्वार्थ बाझिने अडान लिएपछि समितिले पनि सोहीअनुसार निर्णय गरेको बताइएको छ ।

सञ्चालनमा आएको १० वर्ष पुगेका बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गर्न पाउने व्यवस्था विधेयकले गरेको छ । बाफियाका विवादित बुँदामा छलफलपछि संस्थापक सेयर साधारणमा परिवर्तन गर्ने सहमति भएको हो ।

, , , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...