बेनी-जोमसोम सडकखण्डमा चालकसहित जिप हरायो

काठमाडौं, ९ मंसिर ।

बेनी-जोमसोम सडकखण्डमा मंगलबार रातिदेखि चालकसहित जिप हराइरहेको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गैरहेको ग २ प ३६६० नम्बरको बोलेरो जिप चालक रमेश खड्कासहित हराएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

चालकसहित जिप हराएको खबर आफन्तले प्रहरीमा गरेपछि प्रहरी र स्थानीय बासिन्दाले बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजतलास गरिरहेका छन् । खोजी गर्दा भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बिचमा त्रिपाल भेटिए पनि जिप तथा चालक नभेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए ।

उज्यालोका अनुसार बेनीको कालीपुल बसपार्कदेखि पोखरेबगरसम्म कालीगण्डकी नदी वारपार व्यापक रुपमा प्रहरी परिचालन गरी खोजी भैरहेको छ । अहिलेसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जिप र चालकको अवस्था थाहा हुन नसकेको खड्काले जानकारी दिए ।

मङ्गलबार बेलुका बेनीदेखि सामान लिएर गएको बोलेरो जीप म्याग्दीको बैंसरीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । मङ्गलबारदेखि हराएका चालकसहित जीपको बारेमा बुधबार बेलुका मात्रै परिवारले प्रहरीमा जानकारी गराएका हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...