किन टिक्दैन कपालमा मेहदी ?

धेरैले कपालमा मेहदी प्रयोग गर्छन् । मेहदी प्रयोग गर्नेहरू कपाल फुल्न थालेका पाका व्यक्ति नै बढी हुन्छन् । तर, अधिकांशको गुनासो हुन्छ, कपालमा मेहदी नै टिक्दैन ।

यस्तो किन हुन्छ ? हेयर डिजाइनर लम्बु ठाकुरले मेहदी प्रयोग गर्ने व्यक्तिबाटै हुने स–साना गल्ती औँल्याएका छन्ः

मेहदी लगाउनुअघि कपाल राम्रोसँग धुनुभएन या फोहोर कपालमा मेहदी लगाउनुभयो भने राम्रोसँग बस्दैन ।

मेहदीको क्वालिटी जति नै राम्रो भए पनि मैलो कपालमा लगाएको छ भने टिक्दैन ।

नुहाएर चिसै कपालमा मेहदी लगाउँदा पनि टिकाउ हुँदैन ।

नुहाएको सफा कपाललाई पूर्ण रूपमा सुकाएपछि मात्रै मेहदी लगाउनुपर्छ ।

पानीको मात्रा बढी राखेर तयार पारिएको मेहदी पनि कपालमा टिक्दैन ।

मेहदीको प्याकेटमा उल्लेख गरिएअनुसार मात्रै तयार पार्नुहोला ।

थोरै पानीमा ब्रसले मजास“ग फिटेर लगाएको मेहदी राम्रोसँग बस्छ ।

कपाल र मेहदीको क्वालिटी मेल खाएन भने पनि मेहदी राम्रोसँग टिक्दैन ।

कपालको क्वालिटीअनुसार मेहदीको क्वालिटी छनोट गर्नुपर्छ ।

क्वालिटी फरक पर्दा आउने रियाक्सनले मेहदी नटिक्ने मात्रै होइन, कपालमै खराबी निम्त्याउन सक्छ ।

मेहदी लगाएपछि पखाल्ने समय मिलेन भने पनि कपालमा टिक्दैन ।

मेहदीको प्याकेटमा दिइएको टिप्सलाई नै आधार मानेर यो काम गर्नुपर्छ ।

किनभने, मेहदीअनुसार कपालमा राख्ने समय फरक–फरक हुन्छ ।

कपालमा प्रयोग गर्ने स्याम्पु, कन्डिसनर कपालको क्वालिटीसँग मिल्दो नहुँदा पनि मेहदी टिक्न पाउँदैन ।
मेहदी र कपालको गुणअनुसार मिल्ने हेयर प्रोडक्ट प्रयोग गर्नुपर्छ । नयाँ पत्रिकाबाट

,

प्रतिकृया दिनुहोस्

Loading...