'नोट हैन प्रधानमन्त्री बदल' भन्दै वाम मोर्चाले गर्यो भारत बन्द आव्हान


एजेन्सी, १३ मंसिर ।

भारतमा विपक्षी पार्टीले पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोधमा सोमबार प्रदर्शन गरेका छन् । सरकारको निर्णयको विरोधमा रहेका पार्टीले देशभरि प्रदर्शन सुरु गरेका छन् ।

उनीहरुले बन्द आह्वान गरेका छन् भने विभिन्न शहरमा विरोध र्‍याली भइरहेको छ । वाम मोर्चाले भारत बन्द आह्वान गरेको छ । उसकाले केरला, पश्चिम बंगाल र त्रिपुरामा बन्द गराएको छ । नोट प्रतिबन्धको विपाक्षमै रहेको कांग्रेसले भने आफू बन्दको पक्षमा नरहेको तर विरोध प्रदर्शन भने गर्ने बताएको छ ।

कांग्रेसले सोमबार जनाक्रोश दिवस भन्दै प्रदर्शनको तयारी गरेको छ । कांग्रेसले बैंग्लोरसहितका शहरमा विरोध र्‍याली निकाल्ने तयारी गरेको छ । बैंग्लोरमा हुने र्‍यालीमा चार हजार भन्दा धेरै सहभागी हुने कांग्रेसले दाबी गरेको छ ।

यस्तै नोट प्रतिबन्धको विपक्षमा रहेका तृणमुल कांग्रेस र आम आदमी पार्टीले पनि आफूहरु बन्दको पक्षमा भने नरहेको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नोट प्रतिबन्धले कालो धनमाथि नियन्त्रण गर्ने र भ्रष्टाचार रोक्न सहयोग गर्ने भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन् ।

तर विपक्षी दलले भने त्यसको विरोध गरेका छन् । मुख्य विपक्षी दल कांग्रेसले प्रधानमन्त्री मोदीको अहंकारका कारण भारतको अपमान भएको बताएको छ । विपक्षी पार्टीले गएको हप्ता लोक सभामा विरोध गर्दै प्रधानमन्त्री मोदीले माफि माग्नु पर्ने माग गरेका थिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...