आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ पर्यो जापानमा !

जापान, ९ मङ्सिर । 
जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्रीतिर झरेको जनाइएको छ । 


जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाएको हो । 

टोकियोको आवास क्षेत्रमा झण्डै दुई इञ्चसम्म हिँउ जमेको पनि सो संस्थाले बताएको छ । 

स्थानीय टेलिभिजनले हाचिओजीको आवास क्षेत्रमा बाक्लो हिँउ जमेको, रुख र पार्कहरु सेतो पाउडरले छोपिएजस्तो देखिएका दृश्य प्रसारण गरेका छन् । 

रेललगायतका यातायात सेवाहरु अस्थायीरुपमा प्रभावित भएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...