विद्यालयलाइ कम्प्युटर लगायत सैक्षिक सामग्री हस्तान्तरण !

दाङ, ९ मङ्सिर । जिल्ला शिक्षा कार्यालय दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जनता माध्यमिक विद्यालयलाई बुधबार एक कार्यक्रमको आयोजना गरी कम्प्युटर र इसिडीका सामग्री हस्तान्तरण गरे। 

विद्यालयलाई १० थान डेस्कटप कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रोजेक्टर र विद्यालयमा इसिडी कक्षा सञ्चालनका लागि चाहिने सम्पूर्ण सामग्री प्रदान गर्नुभएको हो । 

विद्यालयलाई सिपी नेपालको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । सिपी नेपालका जिल्ला कार्यक्रम संयोजक किरण शाहका अनुसार इसिडीका लागि रु ६ लाख २५ हजार बराबरको सामग्री प्रदान गरिएको हो । 

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले देउखुरी क्षेत्रका चार गाविसमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले बेला गाविस, गढवा गाविस, गोवडिया, र सिसहनीया गाविसमा बालबालिकाको संरक्षण तथा संर्वद्धनका लागि कार्य गर्दै आएको जिल्ला संयोजक शाहले जानकारी दिए । 

त्यहाँ अहिले चार गाविसमा रहेका विद्यालय छोडेर विद्यालय भर्ना भएका तथा आर्थिक स्थिति कमजोर भएर विद्यालय छाड्न सक्नेलाई शिक्षामा सहयोग गर्ने गरेको छ । विद्यार्थीलाई विद्यालय भर्ना, डे«स, स्टेसनरी, ट्युसन फी, खाजा खर्चसमेत प्रदान गरेको जनाएको छ । 

हाल उक्त संस्थाले चार गाविसका एकसय दुईजना बालबालिकालाई यस प्रकारको सहयोग गर्दै आएको जनाएको छ । उनीहरु कक्षा ५ देखि १० कक्षासम्ममा अध्ययनरत विद्यार्थी हुन् । विद्यार्थी विद्यालयबाहिर हुन नदिनका लागि यस प्रकारको सहयोग गरेको संयोजक शाहले बताए । विद्यार्थी विद्यालयमा भएमा बालविवाह नहुने तथा श्रमीकसमेत नबन्ने संस्थाको दाबी रहेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...