सुनको मूल्य ६ महिनायताकै सस्तो, एकै दिन ८ सयले घट्यो !

काठमाडौँ, ९ मङ्सिर | 



सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ। बिहिबार एकै दिन सुन प्रतितोला ८ रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँमा कायम भएको छ। 
 गत जेठ २१ गते प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएपछि सुनको मूल्य आजभन्दा बढी कायम हुँदै आएको थियो। 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५५ हजार ४ सय रुपैयाँ रहेको सुन आज झण्डै ६ महिनायताकै न्यून मूल्यमा कायम भएको हो।

 त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ। चाँदी अघिल्लो दिन ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो। विवाहको सिजनमा सुन घटेपछि कतिपयलाई यसले राहत समेत मिल्ने भएको छ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...