रौतहटमा हतियारधारी डाँका समूह र प्रहरीबीच भिडन्त, १ को मृत्यु

- काठमाडौं २९ कात्तिक ।
रौतहटको देवाहीमा आज बिहान हतियारधारी डाँका समूह र प्रहरीबीचको भिडण्तमा एक जनाको मृत्यु भएको छ ।
गाँउमा हतियारधारी समूह पसेको सूचना पाएपछि अञ्चल प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली देवाही ८ मा पुग्दा हतियारधारी डाँकाको समूहसँग झडप भएको हो ।
देवाही वडा नं. ८ मा प्रहरी देखेपछि चार जनाको समूहमा रहेका डाँकाहरुले प्रहरीमाथि बिहान ६ बजे गोली चलाएका थिए ।
प्रहरी र डाँकाबीच भएको दोहोरो गोली हानाहानमा एक डाँकाको मृत्यु भएको हो । प्रहरी तर्फ प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अन्दाजी ३० वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।
यता खुट्टामा गोलि लागेको प्रहरी जवान चौधरीलाई थप उपचारको लागी हेटौंडा पठाइएको छ । प्रहरीले घटनास्थलबाट नेपालमा नेपाली सेनाले मात्रै प्रयोग गर्ने इन्सास राइफलसहित तीन थान हतियार र गोलीहरु बरामद गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
