सालकको खपटासहित पक्राउ परेका दुईजनालाई मुद्दा चलाइयो !

पाँचथर, ९ मङ्सिर । 
सालकको खपटासहित पाँचथरको भारपाबाट पक्राउ परेका दुईजनालाई मुद्दा चलाइएको छ । 

मङ्गलबार पक्राउ परेका भारपा–६ का खडकबहादुर योङहाङ र रसुभाङ–३ का ६५ वर्षीय नरबहादुर योङहाङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले वताए । 

प्रहरीले विशेष सूचनाको आधारमा मेची राजमार्गको भारपामा सालकको खपटा (आखेटोपहार) सेतो बोरामा पोको पारी हातमा झुन्ड्याई हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

बरामद गरिएको अन्दाजी पाँच किलो (आखेटोपहार) सालकको खपटासहित पक्राउ परेका व्यक्तिउपर कारबाहीका लागि जिल्ला वन कार्यालय पाँचथरमा दाखिला गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...