मोरङ्गबाट ११ जना माओवादी कार्यकर्ता पक्राउ



  • मोरङ, २८ कात्तिक ।
मोरङ्गबाट नेकपा(माओवादी)का ११ जना पक्राउ परेका छन् । बजार, पसल तथा सवारी साधन बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनीहरु मध्य केहीलाई बिहान र दुई जनालाई हिजो राँके जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको हो । 


पक्राउ परेका सबै जनालाई वडा प्रहरी कार्यालय विराटनगरको हिरासतमा राखिएको छ । पार्टीका विराटनगर इन्चार्ज गणेश निरौला लगायत १३ जनालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

बन्दका कारण सदरमुकाम विराटनगरसहित मोरङको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...