सरकारका सय दिन त्यतिकै खेरगयोः सचिव ज्ञवाली


  • काठमाडौँ २७ कात्तिक ।
नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले सरकारको सय दिन देश र जनताले अनुभूति गर्ने काम नगरी त्यतिकै खेरगएको बताएका छन् ।

रिपोटर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सय दिनमा सरकारले संविधान कार्यान्वयन तर्फ कुनै ध्यान नदिएको र निर्वाचनको कुनै तयारी नगरेको आरोप लगाए । 

उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि खासै प्रगति नभएको उल्लेख गरे। कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले सरकारका सय दिनमा गरेका काममा केही कमजोरी भए पनि सफलता उन्मूख भएको बताए। 

उनले सय दिनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारी तन्त्र, मन्त्रिपरिषद् र आफ्नो निजी सचिवालयलाई चुस्तदुरुस्त रुपले लैजान नसकेको बताए ।

उनले राज्य व्यवस्थालाई पनि प्रधानमन्त्रीले संस्थागत रुपमा सञ्चालन गर्न नसकेको स्वीकार गरे । उनले प्रधानमन्त्री दाहालले सय दिनमा राष्ट्रिय सहमति कायम गर्नका लागि विभिन्न राजनीतिक दलसँग छलफल बहसलाई भने तीव्रता दिएको बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...