बन्दको अबज्ञा गरेको भन्दै बलेरो जिपमा आगजनी

फाइल तस्बिर
सिन्धुली, २८ कात्तिक ।

सिन्धुलीमा बिहानै विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । 

बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् । 

काठमाडौँबाट सिरहा जाँदै गरेको स १ च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए । 

जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताएका छन् । आगजनी भएको बलेरोमा कुनै पनि यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताए । बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उनको भनाइ छ । 

यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक बलेरोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ । 

यस्तै सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...