राजधानीका १२ स्थानमा आइतबार, सोमबार १३ घण्टा लोडसेडिङ हुने



काठमाण्डौ ,२८ कार्तिक ।

नेपाल विद्युत प्राधिकरणले आजदेखि राजधानीका प्रमुख १२ स्थानमा दैनिक १३ घण्टा विद्युत आपूर्ति कटौती गर्ने भएको छ ।

प्राधिकरणको नया बानेश्वर क्षेत्रको शवस्टेशन सर्किट ब्रेकर बदल्न दुई दिन लाग्ने भएकाले आइतबार र सोमबार २६ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको हो ।

आइतबार र सोमबार बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म दैनिक १३ घण्टा गरेर दुई दिनमा २६ घण्टा विद्युत काट्न लागिएको प्राधिकरणले जनाएको छ ।

पुरानो सर्किट ब्रेकर बदलेर नयाँ राख्नका लागि आज र भोलीको समय तोकिएको घलेले बताउनु भयो । घलेका अनुसार सुरक्षाका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लामो समय बत्ति जाने भएको हो ।

विद्युतीय उपकरण बदल्ने प्रक्रियामा खतरा पनि हुन सक्ने भएकाले लामो समय बत्ती जाने र तोकिएको समयभन्दा छिटो काम सकिए लगत्तै बत्ति छाडिने प्राधिकरणले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...