अमेरिकी नागरिकलाई नेपाली पेन्सन!


  • काठमाडौं, १६ पुस ।

अमेरिकी डीभी भरेर नेपाल प्रहरीमा जागिर खाइरहेका नेपाल प्रहरीका उपरीक्षक प्रमोद खरेलकाबारेमा समाचार प्रकाशित भएपछि उनले राजीनामा दिए। 

सरकारले एक वर्षअघि नै विदेशी नागरिकता वा पीआर लिएका कर्मचारीलाई जागिर छाड्न वा नागरिकता त्याग्न निर्देशन दिएको भए पनि एसपी खरेल भने चुपचाप बसेका थिए। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

आगामी फागुन ११ गते स-परिवारर अमेरिका जाने तयारीमा रहेका उनले महानगरीय आयुक्तको कार्यालयमार्फत राजीनामा दिएका थिए।

सरकारी निर्देशन अव॥ गरेको अभियोगमा उनीमाथि कारबाही गर्नुपर्नेमा प्रहरी प्रधान कार्यालयले भने उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालय पठाएको थियो। गृह मन्त्रालयले पनि कुनै प्रष्टिकरण विना नै राजीनामा स्वीकृत गरेको छ। मन्त्रालयले पेन्सन सुविधा सहित उनको राजीनामा स्वीकृत गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

‘राजीनामा स्वीकृत भएपछि अब एसपी खरेल अमेरिकी नागरिक हुनेछन्। भने उनले नेपाल सरकारबाट पेन्सन पनि पाउने भएका छन्,’ एक उच्च प्रहरी अधिकृतले भने।

, ,

प्रतिकृया दिनुहोस्

Loading...