६ वर्षमा ७ सय बाघ बढे

  • काठमाडौं, १९ मंसिर ।

बाघ पाइने १३ देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले सन् २०२२ सम्म विश्वभरि बाघको संख्या ३ हजार २ सयको करिब दोब्बर अर्थात् ६ हजार पुर्‍याउने घोषणा गरेको गत साता ६ वर्ष पुगेको छ । 

यस अवधिमा बाघको संख्या करिब सात सयले बढेर तीन हजार नौ सय भएको छ । कान्तिपुर दैनिकमा समाचार छ।

सन् २०१० नोभेम्बर २३ मा रुसको पिटर्सबर्गमा बाघ पाइने देशका राष्ट्र प्रमुख सहभागी बाघ सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने संकल्प घोषणा गरेको थियो ।

डब्लूडब्लूएफ इन्टरनेसनलका अनुसार बाघ पाइने १३ मध्ये नेपाल, भारत, भुटान, बंगलादेश र रुसमा बाघ उल्लेख्य ढंगले बढिरहेको पाइएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...