संविधान संशोधन विधेयक : आज पनि पश्चिममा प्रदर्शन जारी, जनजीवन ठप्प 


  • काठमाडौं, १६ मंसिर ।

संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्राउन लागेको बिरोधमा बिहीबार पनि अर्घाखाँची, रुपन्देही र पाल्पामा प्रदर्शन तथा बन्द भएको छ । बन्दका कारण बिहानैदेखि रुपन्देही र पाल्पाका विद्यालय, कलकारखाना र यातायातका साधन ठप्प छन् ।

पहाड र तराईको भावनात्मक सम्बन्ध टुक्राउन पाँच नम्बर प्रदेशबाट पहाडका जिल्ला हटाइएको भन्दै नेपाली कांग्रेस रुपन्देहीले पनि विरोध गरेको छ । विभिन्न विद्यार्थी संगठनले पाल्पा बन्द गराएका छन् ।

विद्यार्थीले सरकारी सवारी साधन अनिश्चितकालका लागि सञ्चालन हुन नदिने बताएका छन् । संसदमा दर्ता भएको विधेयकमा यसअघि ५ नम्बर प्रदेशमा रहेका रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी र बाग्लुङलाई ४ नम्बर प्रदेशमा राखिएको छ ।

यस्तै अखण्ड लुम्विनी र अनेरास्ववियु रुपन्देहीले बुटवल बन्दको आह्वान गरेका हुन् । संशोधनको विरोधमा बुटवलमा प्रर्दशन सुरु भएको हो । नेपाल विद्यार्थी संघका स्थानीय नेता बिष्णु पोखरेलको नेतृत्वमा स्थापना गरिएको अखण्ड लुम्विनीको नाममा कांग्रेस कै कार्यकर्ता संविधान संशोधनको विरोधमा लागेका छन् ।

यस क्षेत्रका नागरिकको भावना विपरित संसदमा दर्ता भएको संशोधन विधयेक तत्काल फिर्ता लिन विज्ञप्ती मार्फत रुपन्देही कांग्रेसले माग गरेको छ ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...