कपिलवस्तु भन्सारमा गोली चल्यो, २ प्रहरी हबल्दार घाइते


  • कृष्णनगर, १४ पुस । 

कपिलवस्तुको कृष्णनगर भन्सारमा गोली चल्दा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

गोली लागेर हबल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका छन् । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबैजना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

दिउँसो करिब दुई बजेतिर भारत तर्फबाट गोली चलेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

सशस्त्र प्रहरी भन्सार गुल्म कपिलवस्तुका कार्यालय प्रमुख तारिखचन्द्र चौधरीका अनुसार एयर गनबाट गोली चलाइएको प्रारम्भिक अनुमान गरिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुबै घाइते खतरामुक्त रहेको चौधरीले जानकारी दिए ।

उनका अनुसार तस्करहरुको समूहले गोली चलाएको अनुमान गरिएको छ । गोली चलाउनेहरुको खोजी भइरहेको र यसबारे थप अनुसन्धान पनि भइरहेको उनले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...