चुनाव घोषणा गरे देशमा द्वन्द्व बढ्ने मधेसी मोर्चाको चेतावनी


  • काठमाडौं, १४ पुस ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनाव घोषणा गरे देशमा द्वन्द्व बढ्ने चेतावनी दिएको छ । बिहीबार बसेको मोर्चाको बैठकले चुनावमा जानु अघि संविधान संशोधन हुनैपर्ने सर्त दोहोर्‍याएको हो ।

सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा मोर्चाको बैठक बसेको थियो ।

बैठकपछि तमलोपा उपाध्यक्ष वृशेषचन्द्र लालले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘संविधान संशोधन नगरी निर्वाचनमा जाँदा द्वन्द्व बढाउँछ, त्यसैले संविधान संशोधन गर्ने हो भने निर्वाचनमा जान तयार छौं ।’

मोर्चाले पुनर्संरचना आयोगको प्रतिवेदन कार्यक्षेत्राधिकार भन्दा बाहिरबाट बनेको भन्दै विरोध पनि गरेको छ । बैठक शुक्रबार पनि बस्ने बताइएकाे छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...