कस्तो अच्चम फूलको नभइ बिरालाको पो बगैँचा !

बोटविरुवा तथा फूलहरुले सजाइएको सुन्दर वगैँचाले जो कोहीको पनि मन हर्दछ । तर जब त्यस्तो बगैँचा फूल तथा रुखहरुको नभै बिरालाहरुको हुन्छ तब के होला ?
भारतको गुजराँतस्थित गान्धीधाममा बस्ने एक मानिसले यस्तो बगैँचा तयार गरेका छन् जसको तपाइँ कल्पना पनि गर्न सक्नुहुन्न ।
उपेन्द्रभाइ र उनकी श्रीमती मिलेर एउटा यस्तो अनोठो बगैँचा तयार पारेका छन्, जसमा १ सय २८ प्रकारका बिरालोहरु राखिएको छ । उक्त बिरालो बगैँचा तयार पार्नमा ४० लाख भारु खर्च भएको थियो ।
पेसाले सामान ढुवानी व्यवसाई उपेन्द्रभाईकी छोरीको केही वर्ष पहिले सर्पले डसेर मृत्यु भएको थियो । छोरीको मृत्युपछि छोरीको मरणोपरान्त जन्मदिन मनाउन जब उनले एउटा केक किनेर ल्याए तब उक्त केक एक बिरालो आएर खाइदियो ।
त्यस दिनदेखि उपेन्द्रभाई र उनकी पत्नीले बिरालो पालन सुरु गरे र बिरालोहरु जम्मा गर्दै जाँदा अहिलेसम्म १ सय २८ वटा बिरालो जम्मा भैसकेका छन् ।

अनेक रंग तथा प्रकारका बिरालोहरु पालेको ठाउँ साँच्चीकै बहुरंगी बगैँचा जस्तै देखिन्छ । घरमा पालेका बिरालोहरुले दुखकष्ट नपाउन् भनेर उनीहरुले विशेष व्यवस्था समेत गरेका छन् ।
२०७३ पुस १६ मा प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...