इस्वी सनको नयाँ वर्ष २०१७ सुरु

- काठमाडौँ, १७ पुस ।
गे्रगोरियन पात्रोअनुसार आइतबार नयाँ वर्ष इस्वी सन् २०१७ सुरु हुँदैछ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको हो ।
सन्मा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्त बताछन् ।
“इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो” – उनले भने ।
पोप ग्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउछन् ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
यसै नयाँ वर्ष २०१७ को पावन अवसरमा इमान्दार मिडिया अाफ्ना पाठक बर्ग, विज्ञापनदाता, शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

प्रतिकृया दिनुहोस्
Loading...