स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औँ जन्मजयन्ती अाज


  • काठमाडौं, १४ पुस ।

अाज स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औँ जन्मजयन्ती । उनको जन्म बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट २००२ साल पुस १४ गते भएको थियो ।

स्वर्गीय राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थीए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।

शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन राजा वीरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...