वामदेव, टोपबहादुर र चन्द्र भण्डारीले वुटवलमा प्रदर्शन गर्दै


  • रुपन्देही,१७ मंसिर ।


५ नम्वर प्रदेशबाट पहाडी जिल्ला टुक्राएको विरोधमा शुक्रबार दिउँसो एमालेका उपाध्यक्ष बामदेब गौतम, माओवादी केन्द्र नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको अगुवाइमा बुटवलमा बिरोध प्रदर्शनको तयारी भइरहेको छ ।

उनीहरुले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन नहुने भन्दै आवाज उठाउँदै आएका थिए । आफूहरुको आवाजलाई वेवास्ता गरेका कारण आन्दोलन गर्नु परेको तीनवटै नेताले जनाएका छन् ।

त्यस्तै ५ नम्बर प्रदेशबाट पहाडका जिल्ला छुटाइएको विरोधमा बुटवल उद्योग बाणिज्य संघ र रुपन्देही उद्योग संघले छुट्टा छुट्टै रुपमा विरोधका कार्यक्रम आयोजना गरेका छन् ।

पहाड र तराई बिच भावनात्मक र सांस्कृतिक एकता भएकाले त्यसलाई खण्डित गर्न खोजिएकाले विरोध गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिए ।

संसदमा संविधान संसोधनको प्रस्ताव दर्ता भएपछि पाँच नम्वर प्रदेशका बुटव तीन दिनदेखि अशान्त छ । बिहीबार बुटवलको पुष्पलाल र्पाकमा रहेको माओवादी केन्द्र को शहिद स्मम्भ तोडफोड गर्ने क्रममा प्रहरी निरीक्षकसहित ४ जना प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका थिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...