१४ करोडको लागतमा विराटनगरमा अत्याधुनिक दुई तले बसपार्क बन्दै


  • विराटनगर, १५ पुस । 

विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न दुई तले बसपार्क निर्माण कार्य सुरु भएको छ । विराटनगरस्थित अहिले भएको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा बसपार्क निर्माणको काम अघि बढाएको हो ।

उपमहानगरपालिका योजना फाँटका इन्जिनियर अर्जुन थापाका अनुसार करिब डेढ बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ ।
विराटनगर उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएरसुरु भएको बसपार्क निर्माणको जिम्मा गौरी पार्वती कन्ट्रक्सन प्रालिले डेढवर्षभित्र सक्नेगरी जिम्मा लिएको छ । कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गरेको छ ।

पहिलो तलामा रेष्टुरेन्ट र व्यागेज रुम रहने छ । इन्जिनियर थापाले बसपार्क क्षेत्रको सबै भुँइलाई पिच बनाइने र बसपार्कभित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा हुने जानकारी दिए ।

१५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण थालिएको वसपार्क दैनिक ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...