बसले मोटरसाईकललाई ठक्कर दिदा नवलपरासीमा १ को मृत्यु



नवलपरासी १५ पुस ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडाकोट ११ भेडाबारीमा बिहिबार राति बसले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन ।

ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु १ ख ८६५२ नम्बरको बसले बिपरीत दिशाबाट आउदै गरेको ना ८ प ४५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा अन्दाजी ३५ बर्षका गैडाकोट ११ बस्ने टेकबहादुर सुनुवारको घटनास्थलमा नै ज्यान गएको हो ।

यस्तै सोहि दुर्घटनामा परी मोटरसाईकलमा सवार सोही ठाँउ निवासी बर्ष १९ का खगेन्द्र वाचे मगर घाईते भएका छन, उनको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना पछि करिब एक घण्टा राजमार्ग अवरुद्ध बनेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...