पुल नहुँदा ३६ करोडको सडक उपयोगमा अाउन सकेन


  • खोटाङ, २ पुस ।

पुल नहुँदा खोटाङको दिक्तेल–खोटाङबजार हरित सडक उपयोग बिहीन भएको छ । साप्सु र तावा खोलामा पुल नहुँदा निर्माण भएको चार वर्ष बित्दा समेत ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार सडक उपयोगमा आउन नसकेको हो ।

बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण पूरा गरेको सडक अहिलेसम्म उपयोगमा आउन नसकेको हो । र्‍यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वातावरणमैत्री प्रविधि अपनाएर सडक निर्माण गरे पनि दुईवटा खोलामा पुल नबनाउँदा सडक अहिलेसम्म उपयोग बिहीन बनेको हो ।

सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका गाविसलाई जोड्नकालागि निर्माण गरिएको एक मात्र सडक अब त्यती नै खर्च गरे मात्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको जिल्ला प्राविधिक कार्यालय खोटाङका डिई राजु श्रेष्ठले बताए ।

कुटो, कोदालो, ह्याम्मर, सावेल, गैंती लगायतका घरेलु उपकरण प्रयोग गरेर सन् २००२ देखि सडक निर्माणका काम थालेको र्‍याप फिर्ता गएको लामो समय बित्दा समेत सडक उपयोगमा आउन सकेको छैन ।

तावा खोलामा दुई वर्षअघि २५ मिटरको पक्की पुल निर्माणकालागि डिजाईन गरिएको भए पनि काम सुरु नहुँदै आएको बाढीले खोलाको चौडाई बढाएपछि पुल निर्माणको काम रद्ध भएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...