साताको पाचौ दिन बढ्यो सुनचाँदीको मूल्य



साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । 

बुधबार प्रति तोला ५३ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज बिहिबार तोलामा १ सयले बढेर प्रति तोला ५३ हजार ४ सयमा कारोबार भईरहेको छ।

त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ७ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५ हजार ५ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ८६ रुपैयाँ कायम गरिएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...