धेरै ह्याण्डसम हुँदा देश निकाला भए यी युवक


वल्र्डस्टप मस्ट डट कमले नोभेम्बर महिनामा जारी गरेको संसारका सुन्दर पुरुषकोे छैठौँ नम्बरमा रहेका दुबई बेस्ड मोडल, अभिनेता फेशन फोटोग्राफर, तथा राईटर उमर बोरकान अल गाला ईन्टरनेटमा धेरै खोजिने सेलिब्रेटीको रुपमा पनि चिनिन्छन् । 

तर जानकारी अनुसार उनलाई धेरै ह्याण्डसम भएका कारण साउदी अरबबाट देश निकाला गरिएको थियो । २९ बर्षीय उमर मध्य पूर्वका देशहरुमा निकै चर्चित छन् । 

धेरैजसो उनका महिला फ्यान

एक अन्र्तवार्ताका क्रममा उनले एकपटक जन्मदिनको अवसर पारेर आफूलाई एक फिमेल फ्यानले मर्सिडिज जी ५५ उपहार दिएको बताएका थिए । उमरलाई नत ती फ्यानको नाम थाहा थियो नत कहिल्यै भेटेका थिए । 

साउदीबाट क्यानडामा गए 

एक पटक साउदी अरबको राजधानी रियादमा धार्मिक कार्यक्रममा सहभागी हुन गएका उमरलाई धेरै ह्याण्डसम भएका कारण देश छोड्न आदेश दिईएको थियो । 

साउदी अरबका स्थानिय सञ्चार माध्ययमका अनुसार उनी त्यहाँका सबैभनदा सेक्सी र ह्याण्डसम पुरुष थिए । आफूलाई देश छोड्ने आदेश आएपछि उनी परिवारसहित क्यानडा पुगे । 

देश निकाला हुनु उनको लागि निकै फाईदाजनक रह्यो । अहिले उनका सामाजिक सञ्जालमा करोडौँ फ्यानहरु छन् । 

एक सन्तानका पिता हुन् उमर 


प्रेमीका यास्मीन ओवेदासँग विवाह गरेका उमर एक छोराका पिता हुन् । उनी यहि नोभेम्बरमा छोरा तेयाबका पिता बनेका हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...