साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौँ, १९ मङ्सिर ।

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ । शुक्रबार ५४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ।

यो ८ महिना यता कै सस्तो मूल्य हो । त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरिएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...