चीनले २०१६ मा १ करोड तीस लाख रोजगारी सिर्जना गर्यो


  • बेइजिङ, १४ पुस ।

चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् ।

मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो ।

स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए । यद्यपि मुलुकको आर्थिक वृद्धिदर सुस्त नै भएको सरकारी अधिकारीहरुको भनाई छ ।

आगामी वर्ष सन् २०१७ मा मजदुरहरुको तलब वितरणमा सुधार गर्ने र पेन्सनको लगानी बढाउने मन्त्री यीनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...