चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनासँग सैन्य अभ्यास गर्ने

- काठमाडौं, १४ पुस ।
चिनियाँ सेनाले नेपालसँग सैन्य अभ्यास गर्ने घाेषणा गरेकाे छ । भारतकाे उक्त सैन्य अभ्यासलाई राेक्न विभिन्न निकाय र व्यक्तिलाई दबाब दिइरहेकाे बेला चिनियाँ सेनाकाे साे घाेषणा अाएकाे हाे ।
चिनियाँ रक्षा मन्त्रालयकाे प्रवक्ता याङ युजुनले बिहीबार सन् २०१७ मा चीन र नेपालबीच पहिलोपटक संयुक्त सैन्य अभ्यास हुने घाेषणा गरेकाे चिनियाँ सञ्चारमाध्यमहरुले बताएका छन् । याे घाेषणाले हुन्छ वा हुँदैनकाे बीच रहेकाे नेपाल-चीन सैन्य अभ्यास हुने पक्का भएकाे छ ।
सन् १९५५ मा दाैत्य सम्बन्ध कायम भएकाे चीनसँग पहिलाे पटक सैन्य अभ्यास हुन लागेकाे हाे । नेपाल सेनाले पनि सैन्य अभ्यास हुन लागेकाे बताइसकेकाे छ । जंगी अड्डा स्रोतका अनुसार सैन्य अभ्यास सन् २०१७ को फ्रेबअरीमा हुनेछ
प्रतिकृया दिनुहोस्
Loading...
