पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई सरकारले सोध्यो स्पष्टिकरण


  • काठमाडौं, १४ पुस ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई स्पष्टिकरण सोधेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । भूकम्पपछिको पुनर्निर्माणका लागि बनेको प्राधिकरणको कार्यशैलीप्रति सरकार असन्तुष्ट छ ।

र, मन्त्रिपरिषदका पछिल्ला बैठकहरुमा मन्त्रीहरुले प्राधिकरणका सीईओको कार्यशैली हुँदै भएन भनेर कुरा राख्दै आएका थिए । प्रधानमन्त्री प्रचण्ड स्वयं पनि असन्तुष्ट थिए ।

तर, प्रधानमन्त्री प्रचण्डले राजनीतिक विषय पनि भएको भन्दै एक पटक आफैं कुरा गर्ने बताए । त्यसलगत्तै प्रधानमन्त्रीले ज्ञवालीलाई बोलाएर छलफल गर्नुका साथै कार्ययोजना पनि मागेका थिए ।

बिहीबारको बैठकमा पनि मन्त्रीहरुले यसबारे असन्तुष्टि जनाएपछि स्पष्टिकरण सोध्ने निर्णय भएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले सीईओ बनाएको हो । तर, जुनियरलाई सीईओ बनाएको भन्दै धेरै कर्मचारीहरु पुनर्निर्माण प्राधिकरणमा जान नै मानेका छैनन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...