महाकालीपारी पुगेर प्रचण्डले भने 'दोधाराचाँदनीलाई सिङगो नेपालसंग जोड्छु'

  • मोहन विष्ट,२३,मंसिर,कञ्चनपुर ।
नेपालकै इतिहासमा दुई ठुला नदी महाकाली र जोगबुढा पारी रहेको कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको कन्जभोज गाउँमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पुगेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकेप्टर माफर्त कन्जभोज पुगेका हुन् । 

भारतसंग जोडिएको नेपालको सीमावर्ती ऐतिहासिक भूमिमा स्थलगत रुपमा प्रवेस गर्ने नेपालका पहिला प्रधानमन्त्री प्रचण्ड भएको स्थानियहरुले बताएका छन् । दोधाराका स्थानिय तथा माओवादी केन्द्रका नेता मान बहादुर सुनारले पहिलो पटक नेपालका प्रधानमन्त्री यसरी कन्जभोजमा आएको बताए । 

‘यस भन्दा अघि नेपालको प्रमुख कार्यकारी महाकाली वारी कोही आएका थिएनन् ।’ उनले भने ‘प्रचण्ड पहिला हुन् ।’ प्रचण्ड आफ्नै गाउँमा आउने भएपछि प्रचण्ड हेर्नका लागि स्थानियहरुको घुईचो लागेको थियो । समान्य गाउँ विकास समितिको सचिव समेत आफ्नो गाउँमा नआएको भन्दै स्थानियहरुले नेपालका प्रधानमन्त्री आएको भन्दै हर्षित भएका थिए । 

महाकालीपारी दोधाराचाँदनीको भूगोललाई सिङगो नेपालसंग जोड्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले महाकाली पारी रहेको दोधाराचाँदनीको भूगोललाई सिङगो नेपालसंग जोड्ने बताए । 

बुधबार नेकपा माओवादी केन्द्र दोधाराचाँदनी नगर समितिले कन्जभोजमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने–‘यो राज्यबाट उपेक्षित नेपालको ऐतिहासिक भूगोललाई मैले सिङगो नेपालसंग जोड्ने छु ।’

नेपालको यो ऐतिहासिक महत्वपूर्ण भूगोललाई राज्यले आजसम्म किन वेवास्ता राखेको भन्दै प्रचण्डले चिन्ता समेत व्यक्त गरेका छन् । 

‘यती महत्वपूर्ण भूगोलाई किन आजसम्म वेवास्ता गरियो ।’ उनले भने ‘अब मैले सरकारका तर्फबाट यो नेपालीको ऐतिहासिक भूगोल नेपाल संग जोड्छु ।’ प्रधानमन्त्री प्रचण्डले महाकालीमा पक्की पुल निर्माणको काम शुरु भईसकेको समेत बताए । 

दोधाराचाँदनीको कन्जभोजमा बन्ने ‘सुख्खा बन्दगाह र पुल’ अभिन्न अंगको रुपमा रहेको बताउदै प्रचण्डले दुवै काम ऐतिहासिक रुपमा सम्पन्न गरिने बताए । 

सात नम्बर प्रदेशको पञ्चेश्वर परियोजना, महाकालीमा पक्की पुल र सुख्खा बन्दरगाहकै विषयमा आफ्नो भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग सिधा कुरा राखेको समेत प्रचण्डले बताए । सुख्खा बन्दरगाहको काम चालु आर्थिक बर्षभित्र शुरु हुने समेत प्रधानमन्त्री प्रचण्डले बताए । 

‘सुख्खा बन्दरगाह रणनीतिक ऐतिहासिक रुपमा अघि बढाईन्छ ।’ उनले भने ‘यसका लागि सरकार लागि परेको छ ।’ महाकालीमा पक्की पुलका साथै सुख्खाबन्दरगाह निर्माण भएपछि यहाँका जनताको आर्थिक, समाजिक साँस्कृतिक समस्या स्वत समाधान हुने समेत प्रचण्डको भनाई छ । 

आफु दोधारेली जनताको समस्यामा गम्भिर भएको भन्दै दुवै विकासका पुर्वाधार बने यहाँका स्थानियहरुका सबै समस्या अन्त्य हुने समेत उनले विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री प्रचण्डद्वारा प्रस्तावित सुख्खा बन्दगाहको स्थलगत निरिक्षण 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दोधाराचाँदनी नगरपालिकाको कन्जभोजमा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरिक्षण समेत गरे । बुधबार प्रधानमन्त्री दाहालले नेपाल भारतको सीमावर्ती क्षेत्र कन्जभोजको प्रस्तावित सुख्खा बन्दरगाहको निरिक्षण गरेका हुन् ।

स्थलगत निरिक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले सुख्खा बन्दरगाहको प्रकृया तुरुन्तै अघि बढाउन प्रधानमन्त्री कार्यालयका सचिवलाई निर्देशन दिए । नक्सा र योजना हेर्दै प्रचण्डले सुख्खाबन्दरगाहको काम तिव्र रुपमा अघि बढाउन सचिवलाई निर्देशन दिएका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र माओवादी केन्द्रका नेता गोपाल रसायलीले समेत सुख्खा बन्दरगाहको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

माओवादी केन्द्र कञ्चनपुरका नेता गोपाल रसायीले ८०विगाह भन्दा बढि जमिन रहेको सात नम्बर प्रदेश लगायत समग्र नेपालको विकास गर्नका लागि सुख्खाबन्दरगाह संचालनमा आउनुपर्ने बताएका थिए । 

प्रधानमन्त्री प्रचण्डले नेपालको पारवाहन बृद्धि गर्नका लागि समेत सुख्खाबन्दरगाह चाँडै निर्माण हुने आश्वासन दिएका छन् ।

माओवादी केन्द्रका नेता लेखराज भट्ट वाणिज्य तथा आपूर्तिमन्त्री भएका बेला दोधाराचाँदनीमा सुख्खाबन्दगाह बनाउने निर्णय भएको थियो । 

भारतको राजधानी दिल्ली र नेपालको राजधानीसंग छोटो दुरीमा रहेको यो नाका खोल्न आवश्यक रहेको भन्दै तत्तकालिन मन्त्री लेखकले यस्तो प्रस्ताव अघि सारेका थिए ।

टोलीमा माओवादी नेता तथा पूर्व वाणिज्य मन्त्री लेखराज भट्ट, माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री शक्ति बहादुर बस्नेत, पूर्व संविधान सभा सदस्य तथा माओवादी केन्द्रका नेताद्धय टेकेन्द्र प्रशाद भट्ट, देविलाल चौधरी, कमल क्षेत्री, माओवादी नेतृ बिना मगर, माओवादी नेताहरु गोपाल रसायली, ओम बिक्रम् भाट, बिर बहादुर थापा, गगन सिह, लगायतका नेता, सरकारी कर्मचारी लगायतले सुख्खाबन्दरगाह स्थलको निरिक्षण गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड र प्रस्तावित पूर्वमन्त्री लेखराज भट्ट लगायतले संयुक्त रुपमा स्थलगत अध्ययन तथा निरिक्षण गरेपछि स्थानियहरुमा समेत बन्दरगाह बन्ने आशा पलाएको छ ।

सात नम्बर प्रदेशको समग्र विकास गर्न प्रचण्डलाई ज्ञापन 

बुधबार दोधाराचाँदनीको कन्जभोजमा बन्ने भनिएको सुख्खाबन्दरगाहको स्थलगत अध्ययन तथा निरिक्षण गर्न आउनुभएका प्रधानमन्त्री दाहाललाई समग्र सात नम्बर प्रदेशको विकास गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

नेकपा माओवादी केन्द्र कञ्चनपुर र दोधारा चाँदनी नगर समितिको समन्वयमा प्रधानमन्त्री प्रचण्डलाई उपेक्षित सुपको विकास गर्न ज्ञापन पत्र मार्फत आग्रह गरिएको हो । 

माओवादी केन्द्र दोधाराचाँदनीका संयोजक भरत भट्टले दोधाराचाँदनी लगायत समग्र सात नम्बर प्रदेशको विकासका सरकार गम्भिर हुनुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

सीमावर्ती दोधाराचाँदनीको आर्थिक, समाजिक, साँस्कृतीक विकासका साथै विवित पक्षमा सरकारले चासो दिनुपर्नेमा जोडदिएका छन् । 

यस्तै बेदकोट उद्योग वाणिज्य संघले छेला औद्योगिक क्षेत्रको विकासका लागि भन्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । बेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बहादुर चन्दले ज्ञापन पत्र बुझाएका हुन् ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक बिर बहादुर थापाले भानु बहुमुखी क्याम्पस, राष्ट्रिय निमाविले पनि सीमावर्ती गाउँमा रहेका शैक्षिक क्षेत्रको विकासका लागि भन्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । 

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आफु जनताको समस्यामा गम्भिर भएको भन्दै आफ्नो तर्फबाट सक्दो पिडामा मलम लगाउने आश्वासन दिए।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...