यस्तो छ दीपक बज्राचार्यको 'अल्लारे' स्टाइल (भिडियो)

'ओ अमिरा' लगायतका जिप्सी शैलीका गीतका लागि लोकप्रिय रहेका गायक दीपक बज्राचार्यले छिट्टै बजारमा ल्याउन लागेको नयाँ एल्बममा समाविष्ट एक गीतको भिडियो सार्वजनिक गरेका छन्।
दीपकले 'अल्लारे' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। यस गीतमा दीपकले रिक्की शाक्यको शब्दमा द रिदम ब्याण्डसँग मिलेर संयूक्त रूपमा संगीत समेत दिएका छन्।
वि पी राजमार्गमा छायाँकन गरिएको भिडियोलाई बिहिबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो। सुब्रत आचार्यको निर्देशनमा तयार भएको गीतमा प्रकाश केसी, दीपज्योति थापा तथा रोशनी केसीले अभिनय गरेका छन्।
प्रतिकृया दिनुहोस्
Loading...
