आइतबारदेखि टेलिकमको फोर-जी सेवा

  • काठमाडौं १४ पुस ।


सरकारी स्वामित्वको एकमात्र दुरसञ्चार कम्पनी नेपाल टेलिकमले आगामी आइतबारदेखि नेपालमै पहिलोपटक चौंथो जेनेरशनको मोबाइल डाटा सेवा ‘फोर-जी’ सुरु गर्दैछ । 

अंग्रेजी वर्ष सन् २०१७ को अवसरमा काठमाडौं र पोखराबाट फोर-जी सेवा प्रारम्भ गर्न टेकिलमले अन्तिम तयारी गरिरहेको छ ।

आइतबार सेवाकाबारेमा टेलिकमले बिस्तृत जारीहरु सार्वजनिक गर्नेछ । तर, काठमाडौं र पोखराका सबै नेपाल टेलिकमका प्रयोगकर्ताले फोरजी सेवा पाउने छैनन् । 

किनभने टेलिकमले चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकलाई तत्काल यो सेवा दिन सक्ने छैन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...