सदस्यता वितरण बिबाद: पत्रकार महासंघमा तालाबन्दी



कावासोती १७ मंसिर।

नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्ड विपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यताका विषयमा निर्णय गरेको भन्दै पत्रकारहरु नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा तालाबन्दी गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ नवलपरासीका कार्यबाहक अध्यक्ष एवम् छनोट समितिका संयोजक वीरेन्द्र पराजुलीले अाफ्नाे नजिककालाई मात्र नयाँ सदस्यता दिएकाे र कार्यसमितिले नयाँ सदस्यताको आवेदनमा छानबिन नगरी केन्द्रमा सिफारिस गरेको भन्दै पत्रकारहरुले तालाबन्दी गरेका हुन् ।

प्रेस चौतारी, प्रेस सेन्टर नेपाल र प्रेस सोसाइटी नवलपरासीले नयाँ सदस्यता प्रदान गर्दा सबै प्रक्रियामाथि केन्द्रीय समितिले छानबिन गरी वास्तविक पत्रकारलाई मात्र नयाँ सदस्यता प्रदान गर्न माग गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...