आमाबुबाले आत्महत्या गरेपछि सुवासकाे सडकमा बास !



नरजन तामाङ, सुर्खेत १७ मंसिर।

अहिले रातको ८ बजेको छ । सबैतिर करिब करिब सुनसान भइसकेको छ । तर खुल्ला सडकमा एक बालक जाडोले काप्दैछन् । उनको शरीरमा हाफ पेन्ट र टिसर्ट मात्र छ । हाम्रो प्रश्नमा उनले आफ्नो नाम सुवास सुनार बताए । 

आफूलाई ७ वर्षको बताउने सुवासले घर सुर्खेतको चनाबारी भएको बताउँदै अामाबुबाले अात्महत्या गरेका कारण अाफू सडकमै बस्नु परेको बताए ।

अाफू ४ वर्षको हुँदा अामा झुण्डिएर मरेको र केही वर्षपछि बुबाले पनि विष सेवन गरेर मरेको गाउँलेले सुनाएको सुवासले अनलाइन डबलीसँग बताए ।

बुधबार राति सुर्खेतका सडकमा भेटिएका सुवासले अनलाइन डबलीसँग रुँदै भने, ‘मेरा आमा मर्दा म ४ वर्षको थिएँ रे । बुबाले पनि विष खाएर आत्मा हत्या गरे ।’

बुबाले आत्महत्यापछि मागेर खान सुरु गरेका हुन् । अाजभाेली कसैले दिएको दिन खाने नत्र भोकै घर, होटल,ढल र सडक पेटीमा रात बिताउने गरेका छन् । ‘माग्दै जाँदा कसैले थोरै भएपनि दिन्छन्, कसैले त लखेट्छन् ।

धेरै दिन त भोकै हुन्छु’ रुँदै सुवासले भने । पहिल पहिले राति एक्लै बस्दा डर लाग्ने गरेको तर आजभोली सबै हराएको उनले बताए ।

के कारणले अामाबुबाले अात्महत्या गरेका हुन् भन्ने अाफूलाई थाहा नपाएकाे सुवासले भने । अाफ्नाे पढ्ने इच्छा भएकाे तर सडकमा रात दिन काट्नु पर्ने भएकाले पूरा हुन नसकेकाे अनलाइन डबलीसँग बताए ।

सुवास र सयौँ सुवासहरुको बारेमा सम्बन्धीत पक्ष जिम्मेवार कहिले हुने होला ?
अनलाइन डबलीबाट

, ,

प्रतिकृया दिनुहोस्

Loading...