रुसी राष्ट्रपति पुटिन फेरी विश्वको शक्तिशाली व्यक्ति, ट्रम्प दोश्रो


  • काठमाडौँ ३० मंसिर ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो वर्ष विश्वको शक्तिशाली व्यक्तिको शीर्ष स्थानमा परेका छन् ।

अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०१६ का शक्तिशाली व्यक्तिको सूचिमा रुसी राष्ट्रपति पुटिन शीर्ष स्थानमा छन् । उनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई पछि पारेका हुन् । फोर्ब्सले विश्वका शक्तिशाली ७४ व्यक्तिको सूचि सार्वजनिक गरेको छ ।

सूचिमा दोस्रो स्थानमा ट्रम्प, तेस्रो स्थानमा जर्मन चान्सलर एन्गेला मर्केल, चौथो स्थानमा चीनका राष्ट्रपति सि जिनपिङ, पाँचौं स्थानमा पोप फ्रान्सिस, अमेरिकाकी जानेट यलिन छैटौं, विल गेट्स सातौं, लारी पेज आठौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं तथा फेसबुकका संस्थापक मार्क जुकरबर्ग दशौं स्थानमा छन् ।

यो वर्षको शक्तिशाली व्यक्तिको सूचिमा रहेका ७४ जना मध्ये २८ जना विभिन्न ठूला कम्पनिका प्रमुख छन् । यो वर्ष दोस्रो स्थानमा आउनुभएका अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्प गएको वर्ष ७२ औं स्थानमा थिए । अघिल्लो वर्ष तेस्रो स्थानमा रहेका भएका अमेरिकी राष्ट्रपति बाराक ओबामा भने यो वर्ष ४८ औं स्थानमा छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...