आर्सनललाई पछि पार्दै लिभरपुल लिगको दोस्रो स्थानमा

- काठमाडौँ ३० मंसिर ।
लिभरपुल आर्सनललाई पछि पार्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत बुधबार राति भएको खेलमा मिडल्सबर्गलाई ३–० ले हराएको लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा एडम लालनले दुई तथा डिभोक ओरिजीले एक गोल गरे ।
२९ औं मिनेटमा लालनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता लिए ।६० औं मिनेटमा ओरिजीले गोल गरेपछि लिभपुलको अग्रता दोब्बर भयो ।
६८ औं मिनेटमा लालनले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए ।जितपछि लिभरपुलको १६ खेलबाट ३४ अंक भएको छ ।
समान ३४ अंक नै भएपनि आर्सनल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । १५ अंकसहित मिडल्सबर्ग १७ औं स्थानमा छ ।
प्रतिकृया दिनुहोस्
Loading...