७५ वर्षपछि जापानी प्रधानमन्त्री अमेरिकी नौसैनिक बेस क्याम्पमा

- एजेन्सी, १३ पुस ।
जापानका प्रधानमन्त्री शिन्जु आबेले अमेरिकी नौसैनिकको बेस क्याम्प पर्ल हार्बरको भ्रमण गरेका छन् ।
जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिसँगै पर्ल हार्बरको भ्रमण गरेर ७५ वर्षअघि भएको घटनामा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
७५ वर्षअघि दोस्रो विश्व युद्धको क्रममा जापानले अमेरिकी नौसैनिकको अड्डा पर्ल हार्बरमा आक्रमण गरेको थियो । सन् १९४१ को सेप्टेम्बर ७ मा पर्ल हार्बरमा रहेको अमेरिकी नौसैनिकको समुद्रिक अड्डामा जापानका तीन सय ५३ लडाकु विमानले एक घण्टा १५ मिनेटसम्म आक्रमण गरेर ध्वस्त पारेको थियो ।
यो आक्रमणमा २४ सय तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । यस्तै ८ सैनिक पानी जहाजसहित १९ पानी जहाज नष्ट भएका थिए । यसैगरी तीन सय २८ अमेरिकी लडाकु विमान या त नष्ट भएका थिए या क्षतिग्रस्त भएका थिए । यो दोस्रो विश्व युद्धको क्रममा जापानले अमेरिकी भूभागमा गरेको पहिलो आक्रमण थियो ।

७५ वर्षपछि पहिलो पटक जापानका प्रधानमन्त्रीले पर्ल हार्बरको भ्रमण गर्नुलाई दुई देशबिचको सम्बन्ध सुधारको अर्को महत्वपूर्ण कडीको रुपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति ओबामासँगै पर्ल हार्बर पुगेका जापानी प्रधानमन्त्री आबेले घटनामा ज्यान गुमाएकाको घाउ अझै आलै रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्
Loading...