८५ दिनमै बर्खास्त भए स्वान्सीका प्रशिक्षक

- एजेन्सी, १३ पुस ।
इंग्लिस क्लब स्वान्सी सिटीले प्रशिक्षक बब ब्राडलीलाई बर्खास्त गरेको छ । ब्राडली स्वान्सीको प्रशिक्षक बनेको ८५ दिनमै बर्खास्त भएका हुन् ।
प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा स्वान्सी सिटी वेष्ट ह्यामसँग ४–१ ले पराजित भएको थियो । अक्टोबर तीन प्रशिक्षकमा नियुक्त भएपछिका ११ खेलमा ब्राडलीको यो सातौं हार हो ।
स्वान्सी सिटीले अहिले १८ खेलबाट १२ अंकसहित १९ औं स्थानमा छ । पुछारको हल सिटीको पनि १२ अंक नै छ तर गोल अन्तरका आधारमा स्वान्सी १९ औं स्थानमा रहेको हो ।
ब्राडली प्रिमियर लिग क्लबको प्रशिक्षक बन्ने पहिलो अमेरिकी थिए । तर स्वान्सीले उनलाई बर्खास्त गरेको छ । प्रिमियर लिगको यो सिजनका आधा खेल बाँकी रहेको र आफूहरुले परिवर्तनको आवश्यकता महसुस गरेकाले ब्राडलीलाई बर्खास्त गरिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष हुव जेनकिन्सले क्लब अहिले निकै समस्यामा रहेको र आफूहरुयो समस्याबाट बाहिर निस्कन रहेको बताएका छन् । ब्राडलीले फ्रान्सेस्को गुइडोलिनलाई प्रतिस्थापन गरेका थिए ।
जनवरीमा नियुक्त भएका फ्रान्सेस्कोलाई हटाएर अक्टोबरमा स्वान्सीले ब्राडलीलाई नियुक्त गरेको थियो । ब्राडलीले अमेरिकी राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...
