युवा संघ नेता सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार

- काठमाडौं, १५ पुस ।
नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।
बिहीबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ ।
उपचारका लागि काठमाडौं ल्याउने प्रयास गर्दा पनि हेलिकप्टर नमिलेका कारण भारत लगिएको युवा संघका केन्द्रीय सचिवालय सदस्य अशोक चौलागाईले जानकारी दिए । चौलागाईका अनुसार बुढाथोकीको घाँटीमा गहिरो चोट लागेको छ ।
राति नौ बजेतिर बजारमा नै बुढाथोकीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको भन्दै युवा संघले विज्ञप्ति निकालेर खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बुढाथोकीमाथि कसले र किन आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन । युवा संघले भने संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले गरिरहेको आन्दोलनबाट तर्सिएर आफ्न नेतामाथि निरन्तर आक्रमण भइरहेको जनाएको छ ।
केही दिनअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस्
Loading...