अवैधरुपमा ल्याइएको चल्ला समातियो


  • वीरगन्ज, १२ पुस ।

गएराति सशस्त्र प्रहरी बल वागेश्वरी चित्रैनाले रु ८० हजार मूल्य बराबरको ८५० वटा कुखुराको चल्ला समातेको छ । 

अवैधरुपमा भारतबाट तस्करी गरी ल्याइरहेको अवस्थामा प्रहरीले वीरगन्ज उपमहानगरपालिका–१० उदयपुर घुर्मीबाट सो चल्ला समातेको सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्रकुमार ठाकुरले बताए  ।

सो चल्ला आज नष्ट गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...