राष्ट्रिय स्तरका पत्रिका र अनलाइनमा छ्याप्छ्याप्ती बिज्ञापन, पुनर्निर्माण प्राधिकरण अनविज्ञ, करोडौं चलखेलको आसंका


  • काठमाडौँ, १२ पुस । 

केहिदिनदेखि राष्ट्रिय स्तरका दैनिक पत्रिका र अनलाईनमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणको बिज्ञापन आईरहेको देख्न सकिन्छ । 

उक्त बिज्ञापन पुनः निर्माण प्राधिकरणले दिएको नभएर अनाधिकृत रुपमा प्रकशित भइरहेको पुनः निर्माण प्राधिकरणका उपसचिव बिजय राणाले बताएका छन् ।

बिजय रानाले भने ‘एक्कासि मैले पनि ठुला ठुला दैनिक पत्रिका र अनलाइनहरुमा ठुला ठुला बिज्ञापनहरु देखे मलाइ अच्चम लाग्यो कहाँबाट आयो हामीलाई थाहा नै छैन । बराल थरका लेखा अधिकृतले पनि त्यो बिषयमा आफुलाई जानकारी नभएको बताएका छन् ।

उनका अनुसार बिज्ञापन प्रकाशन गर्ने दैनिक पत्रिका र अनलाइनहरु कसैसँग पनि आफ्नो साखामा बिल पेश नभएर बाहिरैबाट एग्रिमेन्ट भएको हुन सक्ने बताएका छन् ।

त्यस्तै यस बिषयमा प्रधानमन्त्रीका आर्थिक सल्हाकार ऋषिराम पौडेलसँग बुझ्दा उनले प्राधिकरणलाइ जानकारी नै नभएर बिज्ञापन आउने भन्ने हुनै नसक्ने बताए । उनले भने,- 'यदि त्यस्तो भएको भए गैर कानुनि कार्य हो। यो बिषयमा प्रधानमन्त्री कार्यालयले पनि चासो व्यक्त गर्नु पर्ने हुनसक्छ, म यस बिषयमा प्राधिकरणका कार्यकारीसँग गम्भीर छलफल गर्ने छु ।'

यो हो बिभिन्न पत्रीका तथा अनलाइनहरुमा प्रकाशित प्राधिकरणको विज्ञापन
प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीलाइ सम्पर्क गर्दा (उनको ९८५१०२५६१९ नम्बरको )फोन उठेन । उनको सचिबालय सिंह दरबारमा सम्पर्क गर्दा उक्त बिज्ञापन प्रसाशन साखाका उप सचिब विजय रानाले हेर्ने बताएका थिए ।

प्राधिकरणको सम्बन्धित आर्थिक साखा र प्रशासन साखमा समन्वय नगरी यसरी अनाधिकृत बिज्ञापन प्रकाशन गर्नुले करोडौंको चलखेल भएको हुन सक्ने प्रशासन साखाका एक कर्मचारीले नाम नभन्ने सर्तमा बताएका छन ।

यसबारे इमान्दार मिडिया फलोअपमा छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...