ट्रोलियम पदार्थ बिक्री वितरणमा समस्या छैन : आयल निगम

विराटनगर, १९ मंसिर ।

पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा समस्या नरहेको देखिएको छ ।

केही दिन अगाडि ट्यांकर चालकको आन्दोलन फिर्ता भएको र भारतबाट पेट्रोलियम वितरणको आयातमा पनि समस्या नरहेको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बताए ।

अहिले पूर्वाञ्चलमा निगमको डिपोबाट पेट्रोलियम पदार्थको वितरण अत्यन्त सहज, सरल र पारदर्शी ढङ्गबाट भएको उल्लेख गर्दै प्रमुख यादवले आफ्नो डिपोमा पेट्रोलियम पदार्थको मौज्दात पूरा रहेको जिकिर गरे ।

कार्यालयका अनुसार भारतको बरौनी रिफाइनरी डिपोबाट विराटनगर डिपोमा दैनिक १५ ट्यांकर अर्थात् करिब तीन लाख लि पेट्रोल तथा ३५ ट्यांकर अर्थात् सात लाख लि डिजेल जोगबनी नाकाबाट त्यहाँआउने गरेको छ ।

कार्यालयका अनुसार आफ्नो डिपोबाट पूर्वाञ्चलमा पेट्रोल तीन लाख लि तथा डिजेल आठ लाख लि बिक्री वितरण भइरहेको छ । बिक्री वितरण सहज भएपछि पेट्रोलियम पदार्थको कालाबजारी बन्द भएको पम्प व्यवसायी बताउँछन् ।

पूर्वाञ्चल पम्पका सञ्चालक महेश अग्रवालले विगतका तुलनामा पूर्वाञ्चल निगम कार्यालयबाट पेट्रोलियम पदार्थको बिक्रीवितरणमा धेरै सुधार भइसकेको स्पष्ट पारे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...