एमालेलगायतका दलको अवरोधपछि संसद बैठक अवरुद्ध


  • काठमाडौँ, १९ मंसिर ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलको अवरोधपछि आइतबारको संसद बैठक अवरुद्ध भएको छ।

बैठक सुरु भएपछि नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापाले बोलेकी थिइन्। उनले बोलिसकेपछि एमाले लगायतका दलले अवरोध गरेपछि संसद बैठक स्थगीत भएको हो।

संसदको अर्को बैठक मंसिर २२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ। अाजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोगबारे छलफल हुने कार्यसूची थियो।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...