गुल्मीमा १६ औं दिन पनि बन्द

- गुल्मी, ३० मंसिर ।
सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेर पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा गुल्मीमा १६ औं दिन पनि बन्द छ ।
संशोधन प्रस्ताव फिर्ता गर्नु पर्ने माग गर्दैै आन्दोलनकर्ताले दिनहुँ प्रर्दशन गर्नुका साथै जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालयमा धर्ना जारी राखेका छन् ।
संयुक्त आन्दोलन परिालन संघर्ष समितिले जिल्लामा दिनहुँ फरक फरक प्रकृतिका कार्यक्रम गरेर विरोध प्रर्दशन गर्दै आएको छ । १६ दिनदेखिको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायात, बजार तथा कलकारखाना ठप्प छन् ।
विरोध प्रर्दशनको क्रममा बिहीबार सदरमुकाम तम्घासमा संयुक्त युवा विद्यार्थी संघर्ष समितिले एकीकृत पाँच नम्बर प्रदेश पक्ष र विपक्षमा जनमत संग्रह गर्ने तयारी गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
