बस्दै नबसी स्थगित भयो संसद वैठक

- काठमाडौं,३० मंसिर ।
संसदको बैठक आउँदो सोमबारसम्मको लागि स्थगित गरिएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सोमबार दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको हो ।
संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा सहमति नजिक पुगेकाले प्रमुख तीन दलको आग्रहमा सभामुख ओनसरी घर्तीमगरले बैठक स्थगित गर्नुभएको बुझिएको छ ।
दलहरुबिच चुनावको लागि आवश्यक ऐनबारे छलफल गरेर चैत वा वैशाखमा स्थानीय निकायको चुनाव गराउने विषयमा भइरहेको छलफल सहमति नजिक पुगेको नेताहरुले बताउदै आएका छन् ।
संशोधन विधयेक गएको १४ गते मंगलबार सरकारले संविधान संशोधन विधेयक दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
लगातार बैठक अवरुद्ध हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अन्यौलमा परेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
