त्रिविले अाज १० हजार विद्यार्थीलाई दीक्षित गर्दै


  • काठमाडौं,१४ पुस ।

त्रिभुवन विश्वविद्यालयले बिहीबार झण्डै १० हजार विद्यार्थीलाई दीक्षित गर्दैछ । त्रिविले ४२ औँ दीक्षान्त समारोहमा ९ हजार ७ सय ३४ जनालाई दीक्षित गर्न लागेको जनाएको छ ।

पोहोर असारदेखि यो वर्षको असार १५ सम्ममा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडीको ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई दीक्षित गर्न लागिएको त्रिविका प्रवक्ता भोलाप्रसाद ढकालले बताए ।

८३ हजार ४ सय २५ जनाले ट्रान्सक्रिप्ट लिएपनि ९ हजार ७ सय ३४ जना मात्र दीक्षित हुन लागेका हुन् । दीक्षान्त समारोह ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पसको मैदानमा हुनेछ । दीक्षान्त समारोहमा सत्यमोहन जोशीले सम्बोधन गर्नुहुनेछ । दीक्षान्तको औपचारिक कार्यक्रम भने दिउँसो १२ बजेपछि मात्र हुनेछ ।

त्रिवि अन्तर्गत पाँचवटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...