वागेश्वरीमा पशुपक्षी बलि रोक्न राजयोगीको माग

  • काठमाडौँ, २ पुस । 

राजयोगी हितबहादुर प्याकुरेल धर्मले नुवाकोट क्षेत्र नं २ मा पर्ने ऐतिहासिक एवम् प्रसिद्ध वागेश्वरी माईको मन्दिरमा पशुपक्षीको बलि रोक्नुपर्ने बताएका छन् । 

देवीघाट परिसरको बह्मकुमारी राजयोग उपसेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा प्याकुरेलले सहभागीलाई राजयोगबारे प्रशिक्षण दिँदै वागेश्वरी मन्दिरमा हुने पशु बलि अन्त्य गर्न आग्रह गरे।

यो पृथ्वीमा मानव जस्तै अन्य जीवजन्तु र पशुपक्षीलाई पनि बाँच्न पाउनुपर्ने हक भएको बताउँदै उनले भने– कुनै पनि जीवजन्तुको बलि लिएर धर्म प्राप्त हुँदैन, योगका माध्यमबाट अलौकिक र अविश्वसनीय परिवर्तन आउँछ ।” अहिंसावादी प्याकुरेलले नेपालका हरेक जिल्ला र गाउँमा ब्रह्मकुमारी राजयोग उपकेन्द्र तथा गीता पाठशाला खोल्ने उद्घोष गरे।

,

प्रतिकृया दिनुहोस्

Loading...