अनिश्चितकालीन अर्घाखाँची बन्द, आज संयुक्त विरोध सभा हुँदै


  • अर्घाखाँची, ३० मंसिर ।

संविधान संशोधन मार्फत प्रदेश नम्बर ५ लाई टुक्र्याउन खोजेको विरोधमा अर्घाखाँचीको सन्धिखर्कमा बिहीबार दिउँसो विरोध सभा हुने भएको छ ।

विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने छन् । नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद भुसाल, एमालेका नेता दलबहादुर राना, राष्ट्रिय जनमोर्चानी नेतृ दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिका संयोजक बिष्णु मुस्कानले बताए।

विरोध सभा अघि जुलुस प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ । संघर्षसमितिले बिहीबारदेखि नै अनिश्चितकालीन अर्घाखाँची बन्द आह्वान गरेको छ । बन्दका कारण कलकरखाना, बजार र यातायातकासाधन बिहानैदेखि ठप्प छन् । बन्दमा शिक्षण सस्था खुल्न दिनेसमितिले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...